• मंगलबार-असार-१७-२०८२

सुनसरीको भलुवाबाट  सवा ४ लाखकाे चिनीसहित ट्याक्टर नियन्त्रणमा

 
सुनसरी जिल्लाको दुहबी नगरपालिका–७ भलुवास्थित सीमा ईलाकाबाट असार १५ गते सशस्त्र प्रहरीले करिब रू. ४ लाख २० हजार ४ सय २० रुपैयाँ बराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।


भारतबाट अवैध रुपले को २ त ५२७९ नंम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउदै गरेको १ सय ३२ बोरा चिनीसहितको ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल नंं.४ गण सुनसरीले नियन्त्रणमा लिएको होे । ट्याक्टरको चालक भने फरार रहेकाे सशस्त्र प्रहरीले बताएकाे छ । 


बरामद चिनी तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाईएको छ । बरामद चिनीको मूल्य ४ लाख २० हजार ४ सय २० रुपैयाँ र ट्याक्टरको १६ लाख रुपैयाँसहित भन्सार दाखिला मुल्य २० लाख २० हजार ४ सय २० रुपैयाँ कायम रहेको छ । 

प्रतिकृया दिनुहोस