• मंगलबार-असार-१७-२०८२

मोटरसाइकल दुर्घटनामा चालकको मृ त्यु, एकजना घाइते

 

रुकुम पूर्व, १६ असार : रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

 

दुर्घटनामा परी सिस्ने गाउँपालिका–३ पोखराका ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो । 

 

धाउनेबाट पोखरातर्फ जाँदै गरेको रा ३ प ४५३४ नं को मोटरसाइकल अनियन्त्रित भई तातोपानीस्थित भित्रि कच्ची सडक खण्डमा दुर्घटना भएको हो । मोटरसाइकलको पछाडि बसेका ३६ वर्षीय उपेन्द्र खत्री घाइते भएका छन् । उनको  ढाड र हातको औँलामा चोट लागेको छ । 
–––

 

 

प्रतिकृया दिनुहोस