• शनिबार-श्रावण-१०-२०८२

अवतार-३ को पोस्टर सार्बजनिक, यसै बर्ष क्रिसमसमा हेर्न पाइने

 

लसएन्जलस, ७ साउन । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’को विश्वभर क्रेज छ ।

 

यो फिल्म विश्वको सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक हो । सन् २००९ मा फिल्मको पहिलो भाग रिलिज हुँदा फ्यानबाट निकै माया पाएको थियो ।


यस विज्ञानमा आधारित फिल्मको सफलता देखेर निर्माताहरूले यसको दोस्रो भाग ‘अवतार-द वे अफ वाटर’ २०२२ मा ल्याए, जसले विश्वव्यापी रूपमा २.३२ बिलियन अमेरिकी डलरभन्दा बढी कमाइ गरेर रेकर्ड बनाएको थियो ।

 

दुबै भागको अत्याधिक सफलतापछि अब तेस्रो भागको तयारीमा निर्माताहरु जुटेका छन् । जसको शीर्षक छ, ‘अवतार-फायर एन्ड ऐश’, जुन यो वर्ष नै ठूलो पर्दामा आउँदै छ । 

 

फ्यानहरुको उत्साहलाई बढाउँदै निर्माण पक्षले चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै बहुप्रतिक्षित चलचित्रमा नयाँ खलनायकलाई प्रस्तुत गरेको छ । जेम्स क्यामरुनको निर्देशनमा बन्न लागेको यो फिल्मको तेस्रो भागको अफिसियल पोस्टर आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गर्दै अवतारका निर्माताले आफ्नो फिल्म ‘वराङ’ को नयाँ खलनायकलाई विश्व सामु परिचय गराएका छन् ।


पोस्टरमा खलनायकको अधूरो अनुहार देखिन्छ र उनको पछाडि स्पार्क र आगो देखिन्छ । यससँगै निर्माताले फ्यानका लागि आफ्नो फिल्मको एक्सक्लुसिभ ट्रेलर पनि सार्वजनिक गर्ने घोषणा गरेका छन् । यो पोस्टर सेयर गर्दै निर्माताहरूले इन्स्टाग्रामको क्याप्शनमा लेखेका छन्, ‘अवतार-फायर एन्ड यशमा बरांगसम्म मिल्नुहोस् । यस सप्ताहन्तमा अवतार फन्टास्टिक- ४ पहिलो स्टेप सँग, अवतार-३ को ट्रेलर पनि हेर्न सक्ने हुनेछ, सामेल हुनुहोस् ।’

 

अवतार-फायर एन्ड एशको रिलिज मितिको बारेमा कुरा गर्दा यो फिल्म १९ डिसेम्बर २०२५ मा क्रिसमसको अवसरमा विश्वभरका थिएटरहरूमा रिलिज हुनेछ । 

 

 

प्रतिकृया दिनुहोस