• शनिबार-श्रावण-१०-२०८२

स्याउले गाउँमा भरुवा बन्दुक र चित्तलका अंग बरामद, दुई जना पक्राउ

लागुऔषधसहित पक्राउ

 

सुदूरपश्चिम, ९ साउन । कैलाली प्रहरीले गोदावरी नगरपालिका–८ स्याउले गाउँका दुई जनालाई आज दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा २६ वर्षीय राजु चौधरीको घरमा लुकाइछिपाइ राखिएको एक नाल भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टाको आधा भाग र २३ वर्षीय चन्द्रबहादुर चौधरीको घरबाट एकनाल भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो ।

 

साथै प्रहरीले गोदावरी नगरपालिका–२ को एक होटेलबाट बझाङ जिल्ला छबिस पाथिभरा गाउँपालिका ३९ वर्षीय गगन बोहरालाई एक किलो लागुऔषध चरेससहित पक्राउ गरेको छ ।

 

त्यसैगरी, गोदावरी नगरपालिका–१ बाट बैतडी, सूर्नया गाउँपालिकाका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षकै महेश विकलाई हिँडिरहेको अवस्थामा शङ्का लागि जाँच गर्दा निजहरूको साथबाट चार सय ६९ ग्राम चरेससहित पक्राउ गरिएको छ । लागुऔषध चरेस लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले निजहरूलाई पक्राउ गरेको हो ।
---

 

प्रतिकृया दिनुहोस