रीवा (भारत) । साउन ८मध्यप्रदेशको रीवा जिल्लाको ढकरा सोंनौरी गाउँबाट एक असामान्य घटनाको जानकारी सार्वजनिक भएको छ। स्थानीय युवती प्रियंका पटेलले हालै जन्म दिएकी नवजात शिशुको आकृति देखेर स्वास्थ्यकर्मीहरू नै अचम्मित भएका छन् ।
शिशुको जन्म चाकघाट अस्पतालमा सामान्य प्रक्रियाबाट भएको थियो। तर जन्मपछिको उसको शारीरिक बनावट, विशेष गरी अनुहार, परम्परागत नवजात शिशुहरूको तुलनामा निकै फरक रहेको जनाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार, शिशुको अनुहार एलियन जस्तै देखिने खालको थियो ।
स्वास्थ्य अवस्था कमजोर देखिएपछि शिशुलाई तत्काल गांधी मेमोरियल अस्पताल, रीवाको सघन उपचार कक्ष (ICU) मा सारिएको छ। चिकित्सकहरूले प्रारम्भिक परीक्षणमा यो अवस्था दुर्लभ जन्मजात रोगसँग सम्बन्धित हुन सक्ने सम्भावना व्यक्त गरेका छन् ।
अस्पताल प्रशासनका अनुसार अहिले शिशुको उपचार जारी छ र विस्तृत परीक्षणपछि मात्र वास्तविक कारणबारे स्पष्ट जानकारी दिन सकिनेछ। चिकित्सक टोली भने उच्च सावधानीका साथ निरन्तर निगरानीमा राखेर उपचार गरिरहेको छ ।
स्थानीय स्तरमा यो घटनाले चासो र कौतुहलता बढाएको छ भने चिकित्सकहरू यसलाई गम्भीर अध्ययनको विषय मानेर हेरेका छन् ।
प्रतिकृया दिनुहोस