• शनिबार-श्रावण-१०-२०८२

अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते

 

लमजुङ, ८ साउन : लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् । 

 

बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर-६  खरखरे भिरबाट मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो । 

 

गोरखाको आरुघाट गाउँपालिका–१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र ४० वर्षीया शिलादेवी गुरुङ तथा नुवाकोटको तादी गाउँपालिका-२ की ४५ वर्षीया सुस्मिता तामाङ र अटोरिक्सा चालक मस्र्याङ्दी-४ का ३० वर्षीय टोपबहादुर लामा घाइते भएका छन् । स्यानुमाया गुरुङ र  सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

 

अन्य घाइतेको बेँसीसहर-८ स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।  
---

 

प्रतिकृया दिनुहोस