काठमाडौं । सरकारले आर्थिक वर्ष ०८२–८३ को लागि २०८२ जेठमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा संघीय संसदको चालु वर्षे अधिवेशबाट निजामती सेवा, विद्यालय शिक्षा र संघीय प्रहरी विधेयक कुनैपनि हालतमा पास गर्ने प्रतिवद्धता जनाएको थियो । अझ, शिक्षा तथा प्रबिधि मन्त्री रघुजी पन्तले सार्वजनिक कार्यक्रममार्फत नै २०८२ असार १५ गते भित्र शिक्षा विधेयक पारित गर्ने उद्घोष समेत गरेका थिए । तर, उनले जनाएको प्रतिवद्धता एक महिना हुँदासमेत पूरा गर्न सकिरहेका छैन । हाल, सो विधेयक प्रनिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा नै अल्झिरहेको बताइन्छ ।
निजामती सेवा विधेयकमा पनि कर्मचारीको अवकाशपछिको दुई वर्षे कुलिङ अफ पिरियड विवादको समाधान आजका दिनसम्म निस्किन सकेको छैन । भलै, यो विवादका सम्वन्धमा संसदीय अध्ययन समिति गठन गरिएको छ । समितिले आगामी २०८२ साउन २१ गते आफ्नो रायसहितको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाउने भएको छ । संघीय प्रहरी विधेयकको हालत पनि उस्तै रहेको छ । यी विधेयकहरुमा निजामती प्रशासन र प्रहरीहरुको उमेरहद बढाउने सरकारी प्रस्ताव संसदबाट पारित नहुँदा चालु आर्थिक वर्षमा कार्यान्वयनमा आउन सकेन ।
जसका कारण निजामती प्रशासनतर्फका १२ दर्जन भन्दा बढी सहसचिवहरु यसै आ.व.मा ५८ वर्ष पूरा गरेर अवकाशमा गइसकेका र जाने सूचीमा दर्ज हुन पुगेका छन् । २०८२ साउन ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहत कार्यरत सहसचिव रविन्द्रप्रसाद देवकोटा अनिवार्य अवकासमा गइसकेका छन् । जनसंख्यातर्फका प्रशासन महाशाखाका सहसचिव रहेका सहसचिव ढुण्डीप्रसाद निरौला पनि २०८२ साउन ६ गते अनिवार्य अवकाशमा गए ।
आज साउन १२ गते सोमवार क्यान्सरको रोगी रहेका प्राय काठमाडौं बसेर ‘तर’मार्दै आएका काठमाडौं स्युचाटार निवासी सहसचिव अर्जुन गौतम पनि अवकाश जाने भएका छन् । यही, सहसचिव राजन नेपाल २०८२ साउन १३ गते र राजेन्द्रप्रसाद भण्डारी ५८ वर्षे उमेरहदका कारण यही साउन २२ गते अवकाश हुँदैछन् । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शैलजा रेग्मी भट्टराई पनि यही साउन २५ गते ५८ वर्ष पूरा गरेर अनिवार्य अवकाशमा जाने सूचीमा दर्ज हुन पुगेकी छिन ।
२०८२ भदौ २ गते सहसचिव शंकर नेपाल पनि सेवा निवृत्त हुँदैछन् । ५८ वर्ष हदका कारण भदौ ४ गते सहसचिवहरु सेवन्तराज दाहाल, १० गते उमाकान्त आचार्य र १४ गते शंकर थापा मगर पनि अवकाशमा जाने सूचीमा परेका छन् । असोज ३ गते सहसचिव सावित्री अर्याल र ४ गते हाल कृषि तथा पशुपन्छी मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव यज्ञ कोइराला अवकाशमा जान लागेका छन् । दशैंकै मुखमा ५८ वर्ष उमेर पूरा गरेर असोज ५ गते सहसचिव लेखराज दाहाल, १६ गते प्रेमदत्त भट्ट र असोज २७ गते हाल सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका किरण थापा अनिवार्य अवकाशमा जान लागेका छन् ।
५८ वर्षे उमेर हदका कारण २०८२ कार्तिक ७ गते सहसचिवहरु कविराज पौडेल, १४ गते हाल गृह मन्त्रालयको बरण्डामा रहेका नरबहादुर थापा, १८ लोक सेवा आयोगमा कार्यरत यज्ञप्रसाद ढुंगेल र २९ गते बद्रीनाथ अधिकारी अनिवार्य अवकाशमा जाने सूचीमा परेका छन् । उमेर हदका कारण २०८२ मंसिर ३ गते सहसचिवहरु लालबावु कवारी, ७ गते ज्ञानप्रसाद ढकाल, १५ गते सलिना मानन्धर, मंसिर १९ गते गोपाल कोईराला, २७ गते ईन्द्रप्रसाद बस्याल र मंसिर २८ गते हाल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक रहेका कुमारप्रसाद दाहाल पनि अनिवार्य अवकाशमा जाने भएका छन् । यस्तै २०८२ पुस ८ गते सहसचिव ईन्द्रप्रसाद आचार्य र पुस ६ गते नवीनमान श्रेष्ठ ५८ वर्षे उमेर हदले अनिवार्य अवकाशमा जाँदैछन् ।
५८ वर्षे उमेरहदकै कारण आगामी माघ ३ गते हाल त्रिभुवन बिमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासका रहेका सहसचिव दिलिप गौतम, ९ गते केशवराज ढकाल र कमलराज जोशी पनि अवकासमा जाने सूचीमा परिसकेका छन । त्यसपछि २०८२ फागुन ४ गते हाल बैतडीमा प्रजिअको भूमिकामा रहेका सहसचिव पुण्यविक्रम पौडेल, फागुन १० गते राजनराज घिमिरे र फागुन १९ गते गंगाराज खरेल ५८ वर्ष उमेरहदका कारण अनिवार्य अवकाशमा जाने भएका छन । आगामी चैत २४ गते सहसचिव भिमार्जुन पाण्डे ५८ वर्षे उमेर हदले अवकासमा जाने भएका छन ।
२०८३ मा अवकासको ताँती
यसैगरी उमेर हदका कारण आगामी नयाँ वर्ष २०८३ बैशाखमा सेवा निवृत्त हुने सहसचिवहरुको नामावली यस प्रकार रहेको छ । बैशाख पहिलो हप्ता अर्थात ५ गते सहसचिव शिवराम पोखरेल, ८ गते अरुणकुमार कटुवाल र ११ गते थानप्रसाद पंगेनी अवकाशमा जाने सूचीमा परेको छन् । बैशाख १३ गते सहसचिव दीर्घराज मैनाली, १५ गते ईन्द्र बिलास पौडेल, २४ गते प्रेमप्रसाद भट्टराई पनि उमेरहदका कारण अवकाशमा जाने भएका छन् । नयाँ निजामती ऐनले सुविधा नदिएमा उल्लेखित अधिकृतलगायत बैशाख २६ गते सहसचिव पुष्कर न्यौपाने ५८ वर्ष उमेर पूरा गरेर अवकाशमा जाने सूचीमा दर्ज हुन पुगेका छन् ।
उमेर हदका कारण २०८२ जेठ ३ गते सहसचिवहरु भरत गौतम, जेठ १७ गते बलसागर गिरी, जेठ २२ गते अमृत श्रेष्ठ, २०८३ असार ३ गते हाल गोरखामा प्रजिअ रहेका रामुराज कडरिया अवकाशमा जानेछन् । असार १२ गते सहसचिव ध्रुव गिरी पनि ५८ वर्ष उमेर हदका कारण निजामति सेवाबाट अनिवार्य अवकासमा जाने सूचीमा रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८२ साउन १२)
प्रतिकृया दिनुहोस