• बुधबार-श्रावण-१४-२०८२

नेता खनालको तीन खबरदारी ! 

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतले तेस्रो मुलुकका नागरिकलाई पनि सुपुर्दगी गर्न र कोशी उच्च बाँध बनाउन दबाब दिएको आरोप लगाएका छन् । जसले गर्दा चीनसँगको सन्तुलन बिग्रिने पनि उनले बताए । पूर्व प्रधानमन्त्री खनालले नेपालको राष्ट्रिय हितविपरीत सरकारले तीनवटा सन्धि सम्झौता गर्न लागेको भन्दै विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

 

२०८२ साउन १० गते शनिवार पुष्पलाल स्मृति दिवसको अवसरमा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र भारतबीच हुन लागेको भनिएको सुपुर्दगी सन्धिप्रति आशंका व्यक्त गरेका छन् । उनले कोशी उच्च बाँध र नागरिकता विधेयकबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकोसमेत ध्या(नाकर्षण गराएका थिए । खनालभन्दा अगाडि बोलेर अध्यक्ष प्रचण्ड हिँडेकोले उनले पत्रकारमार्फत तीन कुरा सम्झाउछु भन्दै आफ्नो भाषण सुरू गरेका थिए । उनले नेपालको राष्ट्रियता संकटमा परेको परम्परागत दावीलाई दोहो¥याउँदै भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दर्गी सन्धि गर्न नसके त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने बताएका छन् । त्यसका लागि नेपालका सबै देशभभक्तहरु सचेत हुन जरुरी रहेको भन्दै खनालले विपक्षी नेता प्रचण्डलाई सतर्कताको लागि आव्हानसमेत गरेका थिए ।


त्यस्तै खनालले दोस्रो बुँदामा सरकारले भारतसँग कोशी उच्च बाँधको सम्झौता गर्न लागेको भन्दै यसबारेमा नेपाली जनता र राजनीतिक दलहरुले थाहा पाउनुपर्ने बताएका थिए । विगतमा राणाकालीन शारदा ब्यारेजदेखि मातृका कोइरालाले २००९ सालमा गरेको कोशी बाँधमा आफूहरु ठगिएको बताएका छन । २०१६ सालमा विपी कोइरालाले गरेको गण्डक सन्धी, २०४९ सालमा गिरिजाप्रसाद कोइरालाले गरेको टनकपुर सन्धी र २०५३ असोज ३ गते शेरबहादुर देउवाले महाकाली नदीमा गरेको संसदीय अनुमोदनमा नेपाल ठगिएको भन्दै उनले ठूला उच्च बाँधका बारेमा सचेत हुन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।


खनालको तेस्रो खबरदारी नागरिकता विधेयक रहेको थियो । उनले नागरिकता विधेयकमा बाबुको नाम नभए पनि हुनेगरी प्राबधान राखिएको भन्दै खनालले आमाको नामबाट नागरिकता दिनेगरी कानून ल्याउनुको उद्देश्य उत्तरतिरबाट नेपालमा प्रवेश गरेर लामो समय बसोबास गरिरहेका ४० हजार तिब्बतियन शरणार्थीहरूलाई नागरिकता दिनु रहेको दावी गरेका छन् ।


खनालले तिब्बतियन शरणार्थीहरूको नाम नलिई उत्तरबाट आएकाहरु भनेका थिए । उत्तरबाट आएका तिब्बती शरणार्थी नै हुन् । उनीहरूको नेपालमा दर्ता संख्या करिब १३ हजार ७ सय छ । त्यसमध्ये आधा भारत, अमेरिका, युरोप, अष्ट्रेलिया जस्ता विदेशी मुलुकमा पलायन भइसकेका छन । (साँघु साप्ताहिक, २०८२ साउन १२ं)
 

प्रतिकृया दिनुहोस