• मंगलबार-श्रावण-१३-२०८२

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

 

काँक्रेविहार (सुर्खेत), १३ साउन : भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ । भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको बहाव बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन  भनेको हो । 

 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भन्नुभयो, “जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ । प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।”

 

डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सहत केही बढेकाले सर्तक रहन आग्रह गरेको बताउनुभयो । 
–––

 

 

प्रतिकृया दिनुहोस