• बुधबार-श्रावण-१४-२०८२

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

 

काठमाडौँ, १३ साउन : गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित हुनुभएको छ ।

 

मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उहाँ निर्वाचित हुनुभएको हो । खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा  गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रूसको राजधानी मस्को जानुभएको थियो ।  

  
विद्यार्थीकालमा उहाँले नेपाली विद्यार्थी सङ्घको अध्यक्ष भएर काम गरिसक्नुभएको छ । उहाँ दुई कार्यकाल रुसमा एनआरएनए युवा संयोजक (२०१९–२०२३) हुनुभयो भने निवर्तमान कार्यसमितिमा महासचिव (२०२३–२०२५) हुनुहुन्थ्यो । 

 
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमित कुमार कर्ण र  डा प्रनिल प्रधान, महासचिवमा प्रवीण खतिवडा चयन हुनुभएको छ । यस्तै, युवा संयोजकमा गिभ्सन ढकाल, सचिवमा  खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह–कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित हुनुभएको छ । 

 

महिला संयोजकमा श्रीमती हेमाकुमारी ‘कला’ पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित हुनुभएको छ ।   यस पटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा डा मनामूर्ति भुर्तेल निर्वाचित हुनुभएको जनाइएको छ ।
---

 

 

प्रतिकृया दिनुहोस