• बुधबार-श्रावण-१४-२०८२

पतञ्जलि जग्गा प्रकरण : साढे अठार कराेड बिगाे दावी, पूर्व सचिव पन्तलाई ५ लाख धरौटीमा छाड्न आदेश

 

काठमाडौं, १३ साउन । विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।


विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।


पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव उनले नै मन्त्रिपरिषद्‌मा पेस गर्ने निर्णय लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


पूर्वसचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा परेर आफूले प्रस्ताव पेस गरेको विशेष अदालतमा बयान दिएका छन् ।

 

हिजाे मात्रै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाइ वारेशनामा राख्न राेक लगाएकाे थियाे, ३ बर्ष भन्दा बढी कैदकाे सजाय मागमा वारेसनामा राख्न नपाउने नियम रहेकाे भन्दै बिशेष अदालतले स्मरण गराएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस