• मंगलबार-श्रावण-१३-२०८२

खानेपानी मन्त्री खड्का विपक्षमा खुले, अब दुई मत निर्णायक


हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दल बैठकलाई लिएर सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । बहालवाला खानेपानी मन्त्री श्याम खड्का खुलेर मुख्यमन्त्री बहादुरसिंह लामा विरुद्ध जाने भएका छन् ।


मन्त्री खड्काले बिहान १० बजेसम्म सहमति भएमा मतदान प्रकृयामा जान नपर्ने बताए पनि यदि मतदान भयो भने मन्त्री पदबाट राजीनामा दिएर विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् ।


यसअघि कांग्रेसका ३७ सांसदमध्ये २१ जनाले लामा विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर तीमध्ये दुई सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै फिर्ता लिएका थिए । अब खड्का खुलेर विपक्षमा गएपछि ३७ मध्ये २० सांसद मुख्यमन्त्रीविरुद्ध स्पष्ट देखिएका छन् ।


संसदीय गणितअनुसार अब दुई मत निर्णायक हुने विश्लेषकहरूको भनाइ छ । आज बिहान बस्ने भनिएको संसदीय दलको बैठकबाटै लामा नेतृत्वको सरकार रहने वा ढल्ने टुंगो लाग्नेछ ।
 

प्रतिकृया दिनुहोस