• मंगलबार-श्रावण-२०-२०८२

पाेखरामा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

कास्की, पोखरा महानगरपालिका-३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई २०८२ साउन १७ गते शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।


 

प्रतिकृया दिनुहोस