• मंगलबार-श्रावण-२०-२०८२

ह त्या गरेको अभियोगमा   निरोज र जितन माझी  प क्रा उ


ललितपुर, आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई साउन १८ गते आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

 

पर्सा, आफ्नै श्रीमती २४ वर्षीया अस्पतलिया देवीको हत्या गरेको अभियोगमा जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय जितन माझीलाई साउन १७ गते शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ

 

जितनले वादविवादको क्रममा  कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।

प्रतिकृया दिनुहोस