बारा, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई २०८२ साउन १७ गते शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कैलाली, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई २०८२ साउन १८ गते आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।
प्रतिकृया दिनुहोस