• शुक्रबार-श्रावण-२३-२०८२

यू–२० महिला एसियन कप छनोट : नेपाल साउदी अरेबियासँग भिड्दै

 

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ । 

 

खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।

 

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् ।
 

 

 

प्रतिकृया दिनुहोस