• शुक्रबार-श्रावण-२३-२०८२

फिफा वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७औं स्थानमा 

 

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा १३ स्थान माथि उक्लिएको छ ।  

 

विश्व फुटबलको सर्वाेच निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७औं स्थानमा पुगेको हो। नेपाल यसअघि १००औं स्थानमा थियो ।  यो नेपाली महिला फुटबल इतिहासकै सर्वश्रेष्ठ वरीयता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो । 

 

गत जुलाईमा उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलमा नेपालले वरीयतामा १०७औं स्थानमा रहेको लाओसलाई ९–० र १५९औं स्थानको श्रीलंकाविरुद्ध ८–० को एकतर्फी जित हासिल गरेको थियो ।

 

दक्षिण एसियाली राष्ट्रहरूमा भारत शीर्ष स्थानमा छ । भारत ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ भने नेपाल दोस्रो स्थानमा छ। यस्तै २४ स्थान माथि उक्लँदै बंगलादेश १०४औं स्थानमा पुगेको हो । भारत र बंगलादेश दुवै एसियन कपका लागि छनोट भएका छन् ।

 

 

प्रतिकृया दिनुहोस