• आइतबार-श्रावण-२५-२०८२

ट्रम्प र पुटिनबीच १५ अगस्तमा अलास्कामा भेटवार्ता हुने

 

वासिङटन डिसी, २४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अगस्ट १५ मा अलास्कामा भेट गर्ने भएका छन् ।

 

ट्रम्पले शुक्रबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । बैठकको बारेमा छिट्टै जानकारी गराइने उनले बताए । ट्रम्पले यसअघि नै युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न पुटिनलाई भेट्न चाहेको बताएका थिए ।

 

यसअघि बुधबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले भनेकी थिइन्,‘रुसले ट्रम्पलाई भेट्ने इच्छा व्यक्त गरेको छ । ट्रम्प पुटिन र जेलेन्स्की दुवैसँग भेट्न तयार छन् ।’

 

अमेरिका र रुसका राष्ट्रपतिबीच अन्तिम भेट सन् २०२१ जुनमा भएको थियो । त्यसबेला तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनबीच जेनेभामा भेट भएको थियो । 

 

ट्रम्पका विशेष दूत स्टिभ विटकफले बुधबार पुटिनलाई भेटेका थिए । ट्रम्पले यो भेटलाई महत्वपूर्ण भनेका छन् । रुसको क्रेमलिनको राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले दुई देशबीच युक्रेनको मुद्दामा छलफल भएको बताएका थिए ।

 

 

प्रतिकृया दिनुहोस