काठमाडौं । नापी कार्यालय काठमाडौं कलंकीका कार्यालय सहयोगी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको हो ।
आयोगका अनुसार काठमाडौं महानगरपालिका-१३, चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना र उजुरीका आधारमा टोली खटाइएको थियो ।
अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टोलीले कार्यालय प्रमुखको मोबाइल फोन दुई थान, सर्भेक्षकको मोबाइल एक थान र कुँवरको साथबाट घुसस्वरूप लिइएको १३ हजार रुपैयाँ तथा मोबाइल एक थान बरामद गरिएको हो ।
कुँवरमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए। कार्यालय प्रमुखकै मोबाइल बरामद भएकोले यो घुस प्रकरण पेचिलो बनेको छ । कुँवर पक्राउ परेसँगै कार्यालय प्रमुख अनुसन्धानको दायरामा तानिने सम्भावना बलियो बनेको छ ।
प्रतिकृया दिनुहोस