• सोमबार-श्रावण-२६-२०८२

खोलामा डुबेर कैलालीमा एक बालकको मृ त्यु

 

लम्की (कैलाली), २६ साउन : कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

 

आज दिउँसो गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका नौ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

 

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्नको तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।
---

 

 

प्रतिकृया दिनुहोस