• आइतबार-भदौ-१-२०८२

टप एण्ड टी–२० सिरिजमा बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८४ रनको चुनौती


काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले बंगलादेश ‘ए’ विरुद्ध बलियो लक्ष्य पाएको छ ।


साउन ३१ गते शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाया ।  नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ ।


बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रनको योगदान दिए । 


नेपालका तर्फबाट रिजन ढकालले २ विकेट लिए । नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।

 

नेपालले यसअघि साउन ३० गते शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजय ब्यहोरेको थियो ।
 

प्रतिकृया दिनुहोस