भक्तपुर । जडिबुटी चोकमा खटिएका ट्राफिक प्रहरीले सवारी चालकसँग नगद असुल्दै गरेको दृश्य सार्वजनिक भएको छ ।
भर्खरै रवि शिवाकोटी नामक फेसबुकबाट देखिएको प्रत्यक्ष लाइभमा ट्राफिकको हर्कत नाङ्गो भएको हो । केही समय अगाडि नोट तान्दै गरेका ट्राफिकले क्यामेरा देख्नेबित्तिकै भागाभाग गरेको दृश्य देख्न सकिन्छ ।
जडिबुटी क्षेत्रमा गाडी र माइक्रोबाट ट्राफिकले दैनिक दुई सयदेखि पाँच सय रुपैयाँ लिँदै आएको चालकको आरोप छ । नदिए “१५ सयको चिट काट्छु” भन्दै ट्राफिकले खुलेआम धम्क्याउने गरेको चालकको गुनासो छ ।
रवि शिवाकोटीले गरेको लाइभले प्रश्न उब्जाएको छ—ट्राफिक प्रहरी सडकमा कानून लागू गर्न खटिएका हुन् कि आफ्नै खल्ती भर्न ? यता ट्राफिक महाशाखाले भने “अनियमितता भए प्रमाणसहित उजुरी दिनुहोस्, कारबाही हुन्छ” भन्ने सामान्य जवाफ दिएको छ ।
तर चालकहरूको व्यङ्ग्यात्मक प्रतिक्रिया फरक छ—“अब त लाइभमै देखियो, अझै प्रमाण खोज्नु भनेको ‘सडकमा ट्राफिक होइन, नोटको तौल’ मात्र नाप्नु हो।”
प्रतिकृया दिनुहोस