• सोमबार-भदौ-१६-२०८२

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

 

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

 

दिउँसो सवा ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

 

यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्ताव गर्ने पनि कार्यसूची राखिएको छ । 
त्यस्तै ,राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने छन् ।
 

 

प्रतिकृया दिनुहोस