सडक र संसदमा छरपष्ट रङहरुलाई लथालि¨ छाडेर
कोही, मुलुकको विदेशनीतिको धक्कु लाउंदै हिंड्छ भने
त्यो नितान्त सुडो राष्ट्रवाद मात्रै हो, अर्थोक होइन ।
संस्थापनका लागि इतिहास जहिल्यै क्रुर छ ।
ख्याल गरिराख्नु राम्रो हो ।
सबलाई मालुम विषय हो ।
आप्mनो मुलुकभित्र आप्mनै प्रतिपक्ष सम्भालिएका छैनन् ।
आफूलाई लेवी तिरिरहेका मास्टरहरु काबुमा छैनन् ।
आप्mनै मन्त्रिमण्डलका मन्त्रीहरु सुरुवालको इँजार देखाइ बसेका छन् ।
एकाघरकी जहान बरालिएकी दाहिने छिमेकीले गर्दा होइन ।
र, देब्रे छिमेकीलाई दाहिने छिमेकीको गुनासो सुनाएर हुने पनि होइन ।
आप्mनो ह्वा¨ै देखिएको खोकिलो छोप्दा बरु, राम्रो ।
छिमेकी आन्तरिक रुपमा तिमी कमजोड हुँदा
काखी बजाएर रमाउने मात्रै हुन ।
तिनलाई तिम्रो गलप्mत्तीमा उन्मादी सुख मात्रै मिल्ने हो ।
छिमेकीहरुसित समान हैसियत राख्न
तिम्रो भित्री अखण्डता जरुरी हुन्छ, फरियाद मायने राख्दैन ।
मुलुकको विदेशनीति फरियादवाद हुन सक्तैन ।
हाम्रा प्रधानमन्त्री चीनको भ्रमणमा फरियादी हुनु भएको छ ।
आप्mनो क्षेत्रीय अखण्डता अतिक्रमित भएको बताउन
अरुले बोलाएको भोज खाने उत्सव ठिक थिएन कि ।
त्यसका लागि अझै बलियो थलो छान्न चुकेको पो हो कि ।
इतिहासको कुनै कालखण्डको युद्ध अभ्यासलाई देखाउन
आयोजना गरिएको सैन्य प्रदर्शनमा
आप्mनो क्षेत्रीय अखण्डता मिचिएको फरियाद सुनाइ रहँदा
चिनिया समकक्षीबाट आउने कूटनीतिक मुस्कान अपेक्षित थियो ।
चोथाले बोलीले मुलुकको अखण्डता बन्ने नै होइन ।
कूटनीति रैथाने र खान्दानी व्यवहारमा देखिने हो ।
प्रधानमन्त्रीले उपयोग गर्नु भएको यो अवसर
कूटनीति व्यवहारमा परीक्षण भई रहला ।
तर, नेपालको चन्द्र सूर्य झण्डाको रंगले उकेरा मागेको छ ।
र¨हरुबारे भनिन्छ,
र¨हरु आप्mनो आयतनमा सुन्दर देखिन्छन् ।
र, त्यसैले यो धर्तीले रंगका आयतन तोकेको हो ।
हरेक रंग आप्mनो आयतनमा बस्न जरुरी हुन्छ ।
नत्र अतिक्रमित हुन्छ, रंगहरु ।
र¨हरु आप्mनो आयतनबाट बहकिन्छ भने
आप्mनो आयतनबाट फुट्छन् भने
तिनको आयतनसित रंगकर्मी कलाकार पनि जोडिन सक्तैनन् ।
हाम्रो झण्डाको किनारको र¨ किन दह्रो बस्छ भने
हाम्रा पुर्खाले हामीलाई गौरव हुने सिमानाको बास छोडेका छन् ।
हार र जीत वा गुमेको र फिर्ता पाउने जमिन
इतिहासकारहरुको गन्थनको विषय हुन सक्ला ।
तर, हाम्रो विषय
पुर्खाले जोडिदिएको धर्कोसम्म जोगाउन नसक्ने
सन्ततिमा परिणत हुने अवस्था हाम्रँे आजको वास्तविकता भएको छ ।
सूर्य चन्द्र अंकित झण्डाको किनारको रंग बैजनी हुन पुग्दो छ ।
हाम्रा प्रधानमन्त्री चीनको भ्रमणमा हुनुहुन्छ ।
छिमेकीले अर्को देशको सेनालाई हराएको उत्सव पारेर ।
आप्mनो मुलुकभित्रै राजनैतिक शक्तिहरु बीच एकता पनि छैन
न त ऐक्यबद्धता नै ।
मुलुकको आन्तरिक शक्ति र सामथ्र्य जोड्न वहाँले
उखान हाल्नु बाहेक अर्थोक गर्नु पनि भएको छैन ।
यसैलाई भनिएको, सुडो राष्ट्रवाद ।
सुडो राष्ट्रवाद विष्णुमतीको किनारमा सेरिएको इतिहास छ ।
इतिहास जहिल्यै क्रुर रहेको छ ।
यो पटक फरक हुनै सक्तैन । (साँघु साप्ताहिक, २०८२ भदौ १६)
प्रतिकृया दिनुहोस