• शुक्रबार-भदौ-२०-२०८२

प्रा डा पाण्डेयद्वारा लिखित ‘हिन्दू शासनकला र रामराज्य’ पुस्तक विमोचन

 

काठमाडौँ, २० भदौ : प्रा डा लालमणि पाण्डेयद्वारा लिखित दण्डनीति ‘हिन्दू शासनकला र रामराज्य’ पुस्तक विमोचन गरिएको छ । 

 

आज यहाँ आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा र पुष्पा भुसाललगायतले संयुक्त रुपमा सो पुस्तक विमोचन गरेका हुन् । 

 
इन्डिगो इंकले प्रकाशन गरेको सो पुस्तक प्राचीन हिन्दू राजनीतिक विचारधारासँग सम्बन्धित विषयमा रहेको जनाइएको छ । मन्त्री  पाण्डेले पछिल्ला समय पूर्वीय दर्शन, चिन्तन र सांस्कृतिक पुनर्जागरण, विश्वास र निष्ठामा स्थापित भइरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रा डा पाण्डेयको यस पुस्तक समाज र राजनीतिका लागि उपयोगी साबित हुनाका साथै राजनीतिक व्यक्तित्वलाई दिशाबोध गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

“पुनर्जागरणको अवस्था जल्दोबल्दो छ । गुरुकूल स्थापना र बिहारमा बौद्ध शिक्षाको आकर्षक बढ्दो छ”, उहाँले भन्नुभयो, “आफ्ना संस्कृतिप्रतिको आकर्षक बढेको छ । निष्ठा र विश्वासनियता बढेको छ, पहिचान खोज्न थालेका छ्न । यो संस्कृतिको एक पक्ष हो । प्राण तत्व हो ।”

 

सो कार्यक्रममा लेखक प्रा डा पाण्डेयले हिन्दू राजनीति दर्शन, सनातन परम्पराको राजनीति चिन्तन के थियो भन्ने विषयमा यस पुस्तकमा आफूले संक्षिप्तमा प्रकाश पार्न कोसिस गरेको बताउनुभयो ।

 

पुस्तकमाथि नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा विष्णु पन्थी र वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले समीक्षा गर्नुभयो । उहाँहरुले पूर्वीय राजनीतिक चिन्तनको आधिकारिक पुस्तकका रुपमा शासकहरुले अध्ययन गर्नुपर्ने पुस्तकका रुपमा टिप्पणी गर्नुभयो । 
---

 

प्रतिकृया दिनुहोस