• शनिबार-भदौ-२१-२०८२

फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको आग्रह

विधान संशोधन प्रस्तावको मुख्य महत्त्वपूर्ण संशोधनहरू संक्षेपमा

ललितपुर, २१ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।

बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गर्नुभएको हो  ।

एमाले विधान महाधिवेशन : छलफलका लागि १० समूह विभाजन, भोलि बन्दसत्र 

अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गर्नुभयो । 

नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा उपाध्यक्ष बिष्णु पौडेल द्वारा प्रस्तुत विधान संसोधन प्रस्ताव जसमा संगठन संरचना, पदाधिकारी संरचना, सदस्यता, नेतृत्वको अधिकार, प्रशिक्षण र उमेर सीमा जस्ता विषयमा महत्वपुर्ण संशोधन प्रस्ताब गरिएको छ। विधान संशोधन प्रस्तावको मुख्य महत्त्वपूर्ण संशोधनहरू संक्षेपमा यसप्रकार छन्।

मुख्य बुँदाहरू:

1. केन्द्रीय संरचना

• केन्द्रीय कमिटी: ३ सय १ बाट घटाएर २ सय ५१ सदस्यीय।

• पदाधिकारी: १५ जना (अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७) – महिला कम्तीमा १ जना अनिवार्य।

• वरिष्ठ उपाध्यक्ष नरहने, उपाध्यक्षको संख्या ६ बाट घटाएर ३ जना मात्र।

• स्थायी कमिटी: ४५ बाट घटाएर १५ पदाधिकारीमै सीमित।

• पोलिटब्युरो: ९९ बाट घटाएर केन्द्रीय कमिटीको एकतिहाई भित्र सीमित करिब ८४ जना, निर्वाचनमार्फत चयन।

1. सदस्यता प्रणाली

• दुई प्रकारका सदस्यता:

• साधारण सदस्य – ६ महिने पछि संगठित सदस्य लिन पाउने, पार्टीको नीतिको समर्थन र शुल्क तिर्ने।

• संगठित सदस्य – कुनै न कुनै कमिटीमा अनिवार्य आबद्ध हुनुपर्ने।

1. केन्द्रीय निकाय

७ बाट बढाएर ८ वटा निकाय:

• राष्ट्रिय महाधिवेशन

• नीति अधिवेशन

• महाधिवेशन प्रतिनिधि परिषद्

• केन्द्रीय कमिटी

• केन्द्रीय अनुशासन आयोग

• केन्द्रीय लेखा आयोग

• केन्द्रीय निर्वाचन आयोग

• केन्द्रीय सल्लाहकार परिषद्

सचिवालय र कार्यालयको संरचना हटाएर, महासचिवले अध्यक्षको निर्देशनमा सञ्चालन गर्ने।

1. अध्यक्षको अधिकार

• सबै केन्द्रीय निकायको अध्यक्षता गर्ने।

• राजनीतिक प्रतिवेदन पेश गर्ने।

• महासचिवलाई बैठक आह्वान र कार्यसूची निर्धारणमा निर्देशन दिने।

• बैठक प्रमाणीकरण, अन्तरपार्टी निर्देशन दिने अधिकार थप।

1. संगठन संरचना

• राजधानी विशेष कमिटीलाई प्रदेश कमिटी सरह ( काठमाण्डौ, ललितपुर , भक्तपुर र बिशेष कमिटीहरु यो अन्तरगत रहन्छन)

• सम्पर्क विशेष कमिटीलाई जिल्ला वा प्रदेश सरह।

• चार तहको संरचना: टोल → वडा → पालिका → जिल्ला (प्रदेश मातहत)।

• कमिटीको आकार:

• वडा: ३१–५१ जना

• टोल: २१ जना

• पालिका: ७५ जना

• उप–महानगर: ८५ जना

• महानगर: १०१ जना

• जिल्ला: आधार संख्या ७५ प्रत्येक निर्वाचन क्षेत्र बराबर थप १५ जना ।

• बिशेष जिल्ला: ८५

• प्रदेश : ७५ र प्रदेश भित्रका प्रत्यक प्रतिनिधि सभा क्षेत्र बराबर थप ५ जना।

1. महिला सहभागिता

• केन्द्रीय पदाधिकारीदेखि मातहत पदाधिकारीसम्म कम्तीमा १ महिला अनिवार्य।

1. प्रशिक्षण अनिवार्य

• कुनै पनि कमिटी सदस्य वा पदाधिकारीमा उम्मेदवार हुन पार्टी स्कूल विभागको प्रशिक्षणमा सहभागी हुनुपर्ने।

• तर, हाल कार्यरत पदाधिकारी पुनः उम्मेदवार हुँदा प्रशिक्षण प्रमाण चाहिँ नचाहिने।

1. उमेर सीमा

७० वर्षको उमेर हद हटाइयो। यसअघि विधानमा रहेको तर कार्यान्वयन नभएको प्रावधान पूर्ण रूपमा खारेज।

1. बैठक आवधिकता

• केन्द्रीय कमिटी: ६ महिनामा

• प्रदेश: ४ महिनामा

• जिल्ला: ३ महिनामा

• पालिका: २ महिनामा

• वडा: १ महिनामा बैठक बस्नुपर्ने।

१०. दुई कार्यकालको प्राबधान अघिल्लो दशौं चीतवन महाधिबेशन बाटनै हटिसकेको ।

उक्त आग्रहप्रति हलमा तालीको समर्थन गरिएको थियो । अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरु पर्चामार्फत् शुक्रबार हलमा वितरण गर्नुभएको थियो । शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तवेज प्रस्तुत गर्नुभएको थियो । 

दोस्रो दिन आज केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित दश समूहले आज दिनभर छलफल गर्नेछन् ।

समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ ।

प्रतिकृया दिनुहोस