• शनिबार-भदौ-२१-२०८२

‘नेपाली फुटबलले स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सफलता हाँसिल गर्दै गएको छ’-प्रवक्ता एन्फा

अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रवक्ता सुरेश साह

काठमाडौं । अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रवक्ता सुरेश साहले नेपाली फुटबलको अवस्था व्यवसायिक रुपमा सुधार हुँदै गएको दाबी गरेका छन् । स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म फुटबलले सफलता हासिल गर्दै गएको उनको भनाइ छ ।  


‘पछिल्लो समय एन्फाले फुटबल अथवा व्यवसायिक हिसाबले खेललाई स्थानीय तहदेखि नै व्यवसायीकरणका रुपमा  अगाडि बढाएको छ । फुटबलप्रति आम जनताको चासो पनि बढेको छ र खेलकै कारण नेपाली चिनिन् थालेको छ,’ उनले भने,‘एन्फाले एएफसीको मापदण्ड वा खेलमैदानको मापदण्डहरुलाई फरक फरक तरिकाले गाइडलाइन बनाएर अगाडि बढाएको छ,’ प्रवक्ता साहले भने । 


नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा नेपालले ६० वटाजति म्याचमा सहभागिता जनाएको बताउँदै उनले टिममा युवा खेलाडीहरु समावेश गराउने प्रक्रिया जारी रहेको बताए । महिला र युवा खेलाडीलाई एन्फाले सँधै प्रोत्साहित गर्ने उनको भनाइ छ । 

‘हिजो र आजको अवस्था तुलना गर्दा महिला खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा महिला खेलाडीहरुले विदेशमा गएर राम्रो नाम कमाएको छन् । राम्रा क्लबहरुबाट खेलिरहेका छन् । यी सबै कुरा हेर्दा फुटबल व्यवसायिक हुँदै गएको छ,’ उनले भने,‘कतिपय प्रश्नहरु खेलाडी पलायन भए भन्नेपनि छ । त्यसको के कति कारण होलान । यसमा राज्यले पनि सोच्नुपर्ने विषयहरु छन् ।’


उनले नयाँ ‘ए’ डिभिजनको लागि तयारी पनि सुरु भएको जानकारी दिए । ‘हामी हाल व्यस्त तालिका अनुसार काम गरिरहेका छौं ।

परिणाम राम्रो नआएपनि हाम्रो उपस्थिति दरोरुपमा देखाएका छौं । रेफ्री वा कोचको कुरा गर्दा त्यसको अभाव हुन दिएका छैनौं ।

हिजो स्थानीय तहमा कोचहरुको अभावहरु थियो । तर तीन वर्षको दौरानमा चारसय जति कोच र रेफ्री, विभिन्न तहका तीनसय जति रेफ्रीहरु साथै एक्टिभ रेफ्रीहरु दुईसय रहेको देखिन्छ,’ उनले भने । 

प्रतिकृया दिनुहोस