• शनिबार-भदौ-२१-२०८२

चिनियाँ सुरक्षा नियामक निकायका पूर्वप्रमुखलाई भ्रष्टाचारको अभियोग 

बेइजिङ, २१ भदौ (रासस/एएफपी): चीनको धितोपत्र बजारका लागि सर्वोच्च नियामक निकायका पूर्व प्रमुखमाथि अनुसन्धान भइरहेको भ्रष्टाचार विरोधी अधिकारीहरूले शनिबार बताएका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको बजारमा महिनौंसम्म चलेको उथलपुथलपछि गत वर्षको सुरुमा हुइमानलाई अचानक चिनियाँ सुरक्षा नियमन आयोग (सिएसआरसी) को अध्यक्ष पदबाट हटाइएको थियो ।

देशका दुई शीर्ष भ्रष्टाचार विरोधी निकायले शनिबार एक अनलाइन वक्तव्यमा यीले ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आशङ्का गरिएको’ घोषणा गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “६० वर्षीय पूर्व अधिकारीलाई केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय सुपरिवेक्षण आयोगद्वारा अनुशासनात्मक पुनरावलोकन र सुपरिवेक्षण अनुसन्धान भइरहेको छ ।”

चिनियाँ राष्ट्रपति सी चिनफिङले एक दशकअघि सत्तामा आएदेखि नै भ्रष्टाचारविरुद्ध निरन्तर कारबाही गर्दै आएका छन् ।

समर्थकहरूले सरकारको नीतिले स्वच्छ शासनलाई बढावा दिने बताएपनि राष्ट्रपति सीका आलोचकहरूले यसलाई चिनियाँ राजनीतिक प्रतिद्वन्द्वीलाई अघि बढ्नबाट रोक्ने वर्तमान् नेतृत्वको चलाखीपनको रूपमा उल्लेख गर्नुगरेका छन् । 

यो अभियानले देशको विशाल बैङ्किङ तथा वित्तीय क्षेत्रलाई विशेष गरी प्रभावित पारेको छ ।

इन्डस्ट्रियल एण्ड कमर्सियल बैङ्क अफ चाइनाका पूर्व अध्यक्ष यीलाई सन् २०१९ को जनवरीमा सिएसआरसीको उच्च पदमा नियुक्त गरिएको थियो ।
 
उहाँले लिउ शियुको उत्तराधिकारीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । लिउमाथि पनि यस्तै अनुशासन उल्लङ्घनको अनुसन्धानका लागि बर्खास्त गरी पदच्युत गरिएको थियो ।

Yi Huiman was suddenly removed as chairman of the China Securities Regulatory Commission (CSRC) early last year, following months of market turmoil in the world's second-largest economy.
 

प्रतिकृया दिनुहोस