जुम्ला । जुम्लाको जिल्ला कारागारबाट ३६ जना कैदी फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार हिजो राति (भदौ २४ गते) जेलबाट कैदीहरू फरार भएका हुन् ।
डिएसपी रेग्मीका अनुसार केही कैदीहरूलाई भाग्नुअघि नै नियन्त्रणमा लिइएको भए पनि ३६ जना भने हालसम्म सम्पर्कमा आएका छैनन् ।
प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशंका गरिएको छ । घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन् ।
काठमाडौँका कारागारमा जेनजी आन्दोलनको प्रभावसँगै जुम्लामा पनि प्रभाव परेको छ । प्रहरीका अनुसार राती कैदीहरूले प्रहरीमाथि आक्रमण गरेर आफैँ बलपूर्वक फरार भएको प्रारम्भिक बुझाइ छ । हाल फरार भएका कैदीहरू कुन मुद्दामा कारागारमा थुनिएका थिए भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ । घटनासँग सम्बन्धित थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस