• बुधबार-भदौ-२५-२०८२

नेपाली सेनाद्वारा सम्पूर्ण नेपाल राज्यभर कर्फ्यु जारी(अपिल सहित)

काठमाडौं । नेपालको राजनीतिक संकट, बढ्दो जनआन्दोलन र राज्यसत्ता कमजोर भएको परिवेशबीच नेपाली सेनाले आज २०८२ भदाै २५ गते बिहानै विशेष घोषणा गर्दै सम्पूर्ण नेपाल राज्यभर २०८२ भदाै २६ गते विहानसम्म  कर्फ्यु जारी गरेको छ । सेनाले घोषणा गरेको यो कदमले मुलुक असामान्य अवस्थामै प्रवेश गरेको स्पष्ट भएको छ ।

 

सेनाको विज्ञप्तिमा उल्लेख छ — “देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र शान्ति–सुरक्षाको रक्षा गर्न अपरिहार्य भएकाले आज बिहानदेखि अर्को आदेश नआएसम्म सम्पूर्ण नेपाल राज्यभर कर्फ्यु जारी गरिएको छ ।”

यसअघि विभिन्न जिल्लामा फैलिएको असन्तोष र ‘जेन्जी आन्दोलन’ का नाममा भएको प्रदर्शन नियन्त्रणबाहिर जाँदा सुरक्षाबल असफल भएको निष्कर्षसहित सेनाले प्रत्यक्ष नियन्त्रण लिएको देखिन्छ ।

कर्फ्यु आदेशसँगै हरेक जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीलाई “नागरिकको गतिविधि नियन्त्रित गर्ने, आवश्यक भए बल प्रयोग गर्ने” निर्देशन दिइएको छ । सञ्चार माध्यम, सामाजिक सञ्जाल र आवतजावतमा समेत निगरानी कडा पारिएको छ ।

राजधानी काठमाडौंसहित तराई, पहाड र हिमालसम्म एकैसाथ सेनाको टुप्पी, बख्तरबन्द सवारी र तोपसहितको गस्ती देखापरेपछि आमनागरिकले राहत महसुस गरेका छन् । बिहानैदेखि काठमाडौंका मुख्य चोक, विमानस्थल, सरकारी कार्यालय, ठूला व्यवसायिक स्थल र राजमार्ग सेनाले घेराबन्दीमा लिएका छन् ।

देशभरका अस्पताल, अत्यावश्यक सेवा र अन्तर्राष्ट्रिय मार्ग भने कर्फ्युमुक्त रहने जानकारी दिइएको छ । तर नागरिक आन्दोलनलाई शून्यमा झार्न, असन्तोषलाई चिर्न र राजनीतिक शक्ति सन्तुलनमा निर्णायक भूमिका खेल्न सेनाले प्रत्यक्ष सत्ता हस्तक्षेपको बाटो समातेको संकेत देखिन्छ ।

प्रतिकृया दिनुहोस