• बुधबार-भदौ-२५-२०८२

नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस् : भारतीय प्रधानमन्त्री


काठमाडौँ, २५ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताउनुभएको छ । 

 

उहाँले सामाजिक सञ्जाल एक्समार्फत “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु”, उहाँले उल्लेख गर्नुभएको छ ।

 

 

प्रतिकृया दिनुहोस