• बुधबार-भदौ-२५-२०८२

कडाइकासाथ सवारी चेकिङमा नेपाली सेना 


काठमाडौं । नेपाली सेनाले सवारीसाधनको चेकिङ कडाईकासाथ गरिरहेको छ ।  


सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि सेनाले देशभर निषेधाज्ञा जारी गरेको छ । 


यसबेला अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन) सञ्चालन हुन सक्नेछन् ।


आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस