• शनिबार-भदौ-२८-२०८२

उपप्रमुख डङ्गोलद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छन् ।


शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री कार्कीलाई यो अवसर केवल ऐतिहासिक र गौरवमय मात्र नभइ मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम क्षण भएको उल्लेख गरेकी छन् ।

उनले बदलाको भावनाभन्दा माथि उठेर जेनजी आन्दोलनसहित सम्पूर्ण न्यायप्रेमी जनताको आकांक्षाअनुरूप काम गर्न पनि आग्रह गरेकी छन् । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।


‘यो तपाईंका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, बदलाको भावनाभन्दा माथि उठेर, जेन जी लगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरुप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो ’ उनले भनिन्  ।

 

त्यस्तै उनले ‘ हामी सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा छ, नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको संचार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु । साथै जेन जी पुस्ताको आन्दोलनमा सहादत प्राप्त गर्नु भएका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु,’ उनले भनिन  ।

 

 

प्रतिकृया दिनुहोस