सुर्खेत । स्थानीय प्रशासनले निषेधाज्ञा र कफ्र्यू हटाएपछि वीरेन्द्रनगर लगायत बजारको जनजीवन सामान्य बन्दै गएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले सूचना जारी गर्दै बिहान १० बजेबाट निषेधाज्ञा र कफ्र्यू हटाएका हुन्।
निषेधाज्ञा र कफ्र्यू हटेसँगै बजार र पसल खुलेको छ भने बजारमा चहलपहल बढेको छ। जेन–जीको प्रदर्शनका कारण मुलुकको असहज परिस्थितिको ख्याल गर्दै स्थानीय प्रशासनले यही भदौ २५ गतेदेखि सुर्खेत जिल्लाभरि निषेधाज्ञा र कफ्र्यू जारी गरेको थियो ।
जेन–जी आन्दोलनकारीले सुर्खेतको वीरेन्दनगर भित्रका तिन दर्जन बढी नीजि घर र सरकारी कार्यालयमा आगजनी तथा तोडफोड गरेका थिए ।
आन्दोलनकारीले वीरेन्द्रनगर–७ स्थित कांग्रेस उपसभापती पूर्णबहादुर खड्काको घर, उनका भाइ डाक्टर डम्बर खड्का र बिष्णु खड्काको घर पुर्ण रुपमा क्षति पुर्याएका थिए भने वीरेन्द्रनगर–८, स्थित नगर प्रमुख मोहनमाया ढकालको घरमा आंशिक रुपमा क्षति पुर्याएका थिए ।
त्यस्तै वीरेन्द्रनगर–४, स्थित मुख्यमन्त्री यामलाल कँडेलको घरमा पूर्ण रुपमा क्षति, वीरेन्द्रनगर–४, स्थित नगर उपप्रमुख निलकण्ठ खनालको घरमा आंशिक रुपमा क्षति र वीरन्द्रनगर–१०, स्थित विष्णु खड्काको माया पेट्रोल पम्पमा आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले वीरेन्द्रनगर–६, स्थित नेकपा (एमाले) को, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्ण रुपमा क्षति भएको छ ।
जेन–जीको आन्दोलनले वीरेन्द्रनगर–७, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनी र मुख्यमन्त्रीको सरकारी निवास, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको सरकारी निवास, कर्णाली प्रदेशसभा र प्रदेश प्रदेश लेखा नियन्त्रक कार्यालयमा पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
तोडफोड र आगजनीले पूर्ण क्षति जलस्रोत तथा उर्जा विकासमन्त्रीको सवारी निवास, मुख्यन्याधिवक्ताको कार्यालय, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, नापी कार्यालय, उच्च सरकारी वकिल कार्यालय, सिटिहल लगायतका कार्यालयमा आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै वीरेन्द्रनगर–७, स्थित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयमा आंशिक क्षति र
वीरेन्द्रनगर नगरपालिकाको १ नम्बर वडा ११ सम्मका वडा कार्यालयहरुमा पूर्ण रुपमा क्षतिका प्रहरीको प्रारम्भिक तथ्याङ्क छ ।
प्रतिकृया दिनुहोस