सुर्खेत । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सुर्खेतले जिल्लाका सामुदायिक विद्यालयहरु चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष चन्द्रा कुमारी खड्काले जारी गरेको विज्ञप्तिमा भाद्र २९ गतेदेखि असोज २ गतेसम्म तथा असोज ५ गते शैक्षिक गतिविधि बन्द रहने उल्लेख छ । आर्थिक र प्रशासनिक काम भने यथावत रहनेछन् ।
देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका कारण शान्ति–सुरक्षाको अवस्था जोखिमपूर्ण भएको र यस्तो परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिका जोखिममा पर्नसक्ने भन्दै विद्यालय बन्द गर्न निर्णय गरिएको महासंघले जनाएको छ।
प्रतिकृया दिनुहोस