• बुधबार-असोज-१-२०८२

प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

 

वासिङ्टन, १ असोज (रासस/एएनआई) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी जन्मदिनको शुभकामना दिनुभएको छ । जन्मदिनको अवसरमा शुभकामना आदानप्रदानसँगै दुई नेताबीच रुस–युक्रेन युद्धलाई लिएर पनि छलफल भएको थियो ।

 

“मेरा साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा राम्रो कुराकानी भयो । मैले उहाँलाई जन्मदिनको शुभकामना दिएँ । उहाँले राम्रो काम गरिरहनुभएको छ ।” उहाँले भन्नुभयो, “रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा तपाईँको सहयोगका लागि धन्यवाद ।”

 

यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत दुई नेताबीच भएको कुराकानीको विवरण पनि सार्वजनिक गर्नुभएको छ । उहाँले ट्वीटरमा लख्नुभएको छ, “समसामयिक बिषयमा फोन वार्ता र मेरो ७५औँ जन्मदिनको शुभकामना दिनुभएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद । तपाईं जस्तै म पनि भारत–अमेरिका बृहत् र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पु¥याउन पूर्ण प्रतिबद्ध छु ।”

 

“हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि तपाईंको प्रयासको समर्थन गर्दछौँ,” मोदीले भन्नुभएको छ । 
---

 

प्रतिकृया दिनुहोस