• बुधबार-असोज-१-२०८२

तोडफोड र लुटपाटमा संलग्न दुई जना प क्राउ

 

नेपालगञ्ज, १ असोज । बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

 

सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटालाई प्रहरीले सो आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । 

 

पाठकलाई नेपालगञ्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको जानकारी दिँदै उहाँले पाठक आगजनी र तोडफोडमा, टमाटा लुटपाटमा संलग्न रहेको बताउनुभयो । 

 

जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियोलगायतका सामग्री उपलब्ध गराउन सूचना जारी गरेको केही दिनमै उनीहरु पक्राउ परेका हुन् । 

 

नेपालगञ्जमा जेनजी प्रदर्शनका क्रममा दर्जनौँ सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो । 
---

 

प्रतिकृया दिनुहोस