• सोमबार-असोज-१३-२०८२

बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो


जनकपुर । जनकपुरधामसहित मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवी दुर्गाको नवनिर्मित प्रतिमामा आज आँखा उघार्ने विधि सम्पन्न भएको छ ।


दशैंको बेला दुर्गा मन्दिरमा प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । आँखा सप्तमीका दिन पूजा गरेपछि मात्र राखिन्छ । यो विधिका लागि षष्ठीका दिन (हिजो) बेल निमन्त्रण गरिएको थियो । सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर गाजाबाजासहित सोही स्थानमा मुख्य पूजारीसहित श्रद्धालुभक्तजाहरु पुग्ने गर्छन ।


शिवपार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ ।


पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखी सोही बेलको पातको डाँठबाट दुर्गाको आँखा उघार्ने गरिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।


बेलतोडी भएसंगै राजदेवी मातालाई खोँईच भर्ने महिलाहरुले आज र भोली खोँईच भर्ने गर्छन् ।
 

प्रतिकृया दिनुहोस