• बुधबार-असोज-२२-२०८२

ताप्लेजुङको सिदिङवा गाउँपालिकामा बोलेरो गाडी दु र्घटना : एकजनाको मृ त्यु, दुई गम्भीर घाइते

 

ताप्लेजुङ, २१ असोज : ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने छ जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार थर्पुबाट आङखोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो गाडी आज साँझ करिब ६ः३० बजे सडकबाट करिब २०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

 

दुर्घटनामा परेर सिदिङवा गाउँपालिका–३ आङखोपका ६० वर्षीय लोकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । 

 

त्यसैगरी दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइते सबै सिदिङ्वा गाउँपालिकावासी हुन् । दुई जना भने गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार लोकबहादुर चौहान र प्रकाश चौहान गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि लैजाने कार्य भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी छ ।
---

 

प्रतिकृया दिनुहोस