• बुधबार-असोज-२२-२०८२

टेकु दोभानमा एक महिलाको शव फेला

 

काठमाडौँ, २१ असोज : काठमाडौँ महानगरपलिका–१२ टेकुस्थित टेकु दोभानमा आज एकजना महिलाको शव फेला परेको छ ।

 

काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो ।
---
 

 

प्रतिकृया दिनुहोस