• शनिबार-असार-१४-२०८२

भूमि सम्बन्धी ऐन (आठौं संसोधन विधेयक)का प्रमुख विशेषताहरू

प्रकृति हेरेर अव्यवस्थित बसोबासीको व्यवस्थापन : मन्त्री अर्याल

 

काठमाडौं, ९  भाद्र ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले प्रकृति हेरेर अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने बताउनुभएको छ । भदौ ८ गते आइतबार राष्ट्रियसभामा भूमि सम्बन्धी ऐन (आठौं संशोधन) विधेयक २०७५ माथि विचार गरियोग भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्  ।

 

त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले अव्यवस्थित बसोबासी १२ प्रकारका रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालयले अव्यवस्थित बसोबासीको पनि पहिचान गरिसकेको र तिनलाई एउटै विधि प्रकृयाबाट समस्या समाधान गर्न नसकिने । फरकफरक विधि र प्रकृयाबाट समस्या समाधान गरिने जानकारी दिए  । 'ती  सुकुम्बासी होइन अब्यवस्थित हुन् । घर बनाइसके, बस्ती बसिसक्यो तिनलाई डोजर लाएर लखेट्ने सरकारको योजना छैन', मन्त्री अर्यालले भने, 'तिनीहरूको व्यवस्थापन प्रकृति हेरेर मूल्यांकनको आधारमा ठाउँको आधारमा निश्चित शुल्क लिएर व्यवस्थापन गर्ने ।'

 

रजिष्ट्रेशन शुल्कका आधारमा नभएर अहिलेको परिस्थितिका आधारमा, ठाउँको आधारमा हेरेर व्यवस्थापन गरिने मन्त्री अर्यालले त्यस अवसरमा बताए  ।

 

मन्त्री अर्यालले सरकारले भूमिको समुचित व्यवस्थापन गर्नका निम्ति  भूमि ऐन लिएको जानकारी दिइन्  । संविधानले नै अब भूमिहीन कोही हुदैन भनेर उल्लेख गरेको भन्दै त्यसैअनुसार जोसँग कुनैपनि ठाउँमा जमिनको एउटा टुक्रा छैन तिनलाई तोकिएको निश्चित क्षेत्रफलमा निशुल्क रूपमा जग्गा उपलब्ध गराएर जग्गाको मालिक बनाउनेगरी ऐन ल्याएको जानकारी पनि दिइन्  ।

 

ऐनमा ५ प्रकारका जमिनहरू दिन मिल्नेछैन भनेर नेगेटिभ लिष्टमा राखिएको भन्दै उनले बन मास्ने अभियान हो कि भन्ने कुरा पनि आएको भन्दै त्यो गलत भएको बताइन्  । 'सरकारका तर्फबाट एउटा पनि रूख मासेर अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिनेछैन', मन्त्री अर्याल भनिन्, 'अहिले हेर्दा शहर छ । नक्सामा बन क्षेत्र देखिन्छ । तिनको व्यवस्थापनको कुरा मात्रै यो ऐनमा गरेका छौ ।'

 

नाप, नक्साका सन्दर्भमा त्रुटि  भएको कुरा ठूलो संख्यामा उठाएको सन्दर्भमा मन्त्री अर्यालले पुनः नापी, छुट दर्ता गर्ने कुरा समाधान गर्न सरकारका तर्फबाट सम्बोधन भएको बताइन्  । मन्त्रालयले कार्यविधि बनाएर अगाडी बढ्ने चरणमा रहेको समेत उनले बताइन्  । एकपटक मुलुकभरिकै पुनः नापी गर्नुपर्ने मन्त्री अर्यालले बताइन् ।

 

नीजि क्षेत्रलाई आकर्षित बनाएर लैजानुपर्ने भन्दै उहाँले व्यक्तिको व्यक्तिगत प्रयोगका निम्ति जथाभावी गर्ने नभएर निजी  क्षेत्रलाई आकर्षित गरिने बताइन् । उनले भनिन्, 'उद्योग धन्दालाई आकर्षित गर्न सकिएन। तर अब उद्योग धन्दा सञ्चालन गर्न हदबन्दी भन्दा बढी जग्गा चाहिएमा सरकारले निर्णय गरेर दिने व्यवस्था गरिएको छ ।'

 

उद्योग धन्दा सञ्चालन गर्न सकिएन भने विकास गर्न नसकिने भन्दै उनले सरकारको शर्त पालना गरेर उद्योग व्यवसायमै लगाउनका निम्ति उद्योगधन्दाले चर्चेको जमिनको स्थानान्तरण गर्न पाइने व्यवस्था गरिएको समेत बताइन् । व्यक्ति सबैका निम्ति  खुला भयो भन्ने ढंगले यो ऐन नआएको मन्त्री अर्यालले बताइन् ।

 

भूमि सम्बन्धी ऐन (आठौं संसोधन विधेयक)का प्रमुख विशेषताहरू

 

१.  भूमिहीन सुकुम्वासीहरूलाई तोकिएको क्षेत्रफल निशुल्क र अव्यवस्थित बसोवासीहरूलाई प्रकृति, क्षेत्रफल, मूल्यांकन र आबाद कमोतको अबधि समेत हेरी निश्चित शुल्क लिई जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको ।

२.  भूमिहीन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरूलाई उपलब्ध गराइएको जग्गा अंशबण्डा र अपुतालीको अबस्थामा वाहेक अन्य कुनै प्रकृयाबाट दश बर्षसम्म कुनै व्यक्तिलाई कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाइने ।

३.  भूमिहीन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरूलाई जग्गा उपलब्ध गराउँदा प्रदेश सरकार र स्थानीय तहहरू सँग समन्वयमा गर्ने व्यवस्था ।

४.  काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रमा भूमिहीन सुकुम्वासीहरूलाई आवश्यकताअनुसार रोजगारको लागि  पायक पर्ने स्थानमा आवास उपलब्ध गराउने वा सामुदायिक बसोबासको व्यवस्था मिलाउन वा जग्गा विकासको माध्यमबाट जग्गा उपलब्ध गराउने व्यवस्था ।

 

५.  गलत विवरण पेश गरी जग्गा प्राप्त गर्ने र गलत सिफारिस गर्नेलाई दण्ड सजायको व्यवस्था ।

 

६.  धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामरिक महत्वका क्षेत्र भित्रका जग्गा, प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन र वातावरणीय संरक्षणको दृष्टिकोणबाट सुरक्षित गर्न आवश्यक देखिएको जग्गा, सार्वजनिक जग्गा, नदी, खोला वा नहर किनाराको जग्गा, जोखिमयुक्त स्थानमा बसोबास गरिएको जग्गा, हाल रुख विरुवाले ढाकिएको वनको जग्गा र सडक सीमाभित्रका जग्गा भूमिहिन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरूलाई उपलब्ध नगराइने व्यवस्था ।

 

१.  मोहीको लागी तोकिएको हदबन्दी हटाउन प्रस्ताव गरिएको ।

 

२.  जग्गाधनी र मोही दुवैथरी आपसमा मन्जुर हुन नसकी जग्गाधनी वा मोहीमध्ये कुनै एक पक्षले निवेदन दिएमा जग्गाधनी वा मोहीलाई झिकाई आवश्यक प्रमाण बुझ्नुपर्ने भए सो समेत बुझी नरम करम मिलाई जग्गा बाँडफाँड गरी मोही लगत कट्टा गरिदिने व्यवस्था भएको ।

 

३.  जग्गाधनी र मोहीबीच बाँडफाँड गर्नुपर्ने जग्गा क्षेत्रफल वा मूल्यांकनको आधारमा आधा आधा हुनेगरी वाँडफाँड गर्ने व्यवस्था ।

 

७.  व्यवसायिक कृषि वा सहकारी खेती वा सामुहिक खेती गर्ने उद्देश्यले स्थापना भएका संघ, संस्था, समुह, कम्पनी, उद्योग, सहकारी जस्ता निकायहरूलाई नेपाल सरकारले हदबन्दीमा छुट दिन सक्नेछ । (जमिनको चक्लाबन्दी मार्फत कृषिको व्यवसायिकरण, सामुहिक खेती वा सहकारी खेतीलाई प्रोत्साहन स्वरुप हदवन्दीमा छुट दिने व्यवस्था गरेको छ)

 

८.  कम्तिमा दश वर्ष अघिदेखी आवाद कमोत भएको ऐलानी वा अन्य सरकारी जग्गा वा अभिलेखमा वन क्षेत्र जनिएको भएतापनि आवादीमा परिणत भएको जग्गामा आबाद कमोत गरी आएका भूमिहिन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरूलाई एक पटकका लागि नेपाल सरकारले निजहरूले आबाद कमोत गर्दै आएको स्थानमा वा नेपाल सरकारले उपयुक्त ठहर्‍याएको अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलको हद नबढ्ने गरी जग्गा उपलब्ध गराउने ।

 

९.  भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी लगन लिने, जग्गा पहिचान गर्ने, स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गरी निजहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनको लागि नेपाल सरकारले आयोग गठन गर्ने व्यवस्था ।

प्रतिकृया दिनुहोस