• शुक्रबार-चैत-१६-२०८०

बजेट अधिवेशन अन्त्य 

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन अन्त्य भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । लगत्तै राष्ट्रपति भण्डारीले संसद सचिवालयलाई पत्र लेख्दै अधिवेशन अन्त्यको जानकारी गराएकी हुन् । 

उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी गराएकी छन् ।


वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो । तर यहीबीच अधिवेशन अन्त्य भएको छ । 

प्रतिकृया दिनुहोस