• शुक्रबार-चैत-१६-२०८०

स्मार्टच्वाइस टेक्नोलोजिज  र सप्तकोशी डेभलपमेण्ट बैंक  बिच सहकार्य गर्ने सम्झौता 

 


काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र “ख” वर्गको इजाजतपत्र प्राप्त सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड बिच भुक्तानी र फर्छ्याैंटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । 


नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समय देखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पु¥याउदै आएको मुलुकको बैकिङ्ग क्षेत्रमा सुपरिचित सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ । 


 धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जाल मार्फत सर्वसाधारणलाई विविध बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । 


स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसंगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । SCT  सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बताइएकाे छ । 
। 


 २०७७ पुस २६ गते स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको मुख्य कार्यालय, बालुवाटार, काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत  दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  नविन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

 
 

प्रतिकृया दिनुहोस