• शुक्रबार-बैशाख-१४-२०८१

जंगलभित्रकाे जुवा खालबाट पाँच लाख सोह्र हजार सहित  १३ जना जुवाडे पक्राउ

 


रौतहट । दुर्गाभगवती गाउँपालिक वडा न. ३ मत्सरीस्थित रहेको बागमती खोलामा बन्दै गरेको पुल भन्दा दक्षिणतर्फ रहेको काँसघारी भित्र कौडा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेकाे समाचार छ । प्रहरीले  विशेष सूचनाको अधारमा  जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट संयुक्त रुपमा खटिएकाे  प्रहरी टोलीले   नगद रु.५,१६,०००।-(पाँच लाख सोह्र हजार), १२ वटा मोबाईल र ३ वटा मोटरसाईकल समेत बरामद गरी आवश्यक कारवाहीका लागि  थप अनुसन्धान कार्य भईरहेको राैतहट प्रहरीले जनाएकाे छ  ।


पक्राउ पर्नेहरूमा 

.जिल्ला रौतहट गरुडा नगरपालिका वडा नं. ५ वस्ने गजेन्द्र महतो , जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नं. २ वस्ने  युवराज अधिकारी , जिल्ला रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं. २ वस्ने  राम किशोर महतो, गरुडा नगरपालिका वडा नं.४ वस्ने राम वचन राउत, जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नं.२ वस्नेहरू  नन्दलाल राय यादव, महेश यादव, जिल्ला रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं.३ वस्ने  मोबारक शेख, गरुडा नगरपालिका वडा नं.५ वस्ने  मौजेलाल साह, जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नं.२ वस्नेहरू भाग्यनारायण प्रसाद राय यादव, रामप्रवेश राय यादव, देवनारायण ठाकुर, लक्ष्मी सहनी, जिल्ला रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं. २ वस्ने अशोक साह  रहेका छन् ।
 

प्रतिकृया दिनुहोस