• शुक्रबार-चैत-१६-२०८०

अब एटीएमबाटै पान लिनुस् ? 

 

  विशेषगरी एटीएम भन्नेबित्तिकै हाम्रो दिमागमा पैसा निकाल्ने मेसिनको कल्पना हुने गर्दछ । तर भारतमा एटीएमबाट पैसामात्र नभई पान पनि आउने गर्दछ भन्दा अचम्म लाग्न सक्ला । हो, भारतको महाराष्ट्र राज्यको पुणेमा एउट यस्तो एटीएम छ, जसबाट थरिथरिका खाने पानहरू आउने गर्दछन् । अर्थात् पानका शौखिनहरूका लागि एटीएम मेसिनको व्यवस्था गरिएको छ । एकजना व्यापारीले पान पारखीहरूका लागि एटीएम मेसिन राखेका हुन् । उनको नाम शरद मोरे हो । उनी शौखिन नामको पसलका सञ्चालक हुन् । कोरोना महामारीको समय अटोमेटिक पान डिस्पेन्सरको मद्दतले उनले पान विक्री गर्न थालेका छन् ।

 

शरदका अनुसार उनको पसलमा पानको मूल्य भारतीय रुपैयाँ ५ देखि १ हजारसम्म रहेको छ । उनले उक्त मेसिन स्थापना गर्नका लागि ४÷५ लाख रुपैयाँ खर्च भएको बताएका छन् । उक्त मेसिनबाट विभिन्न स्वादका पानहरू प्राप्त गर्न सकिन्छ । यस मेसिनमा एक प्रकारको बारकोड राखिएको छ । बार कोड स्क्यान गरेपछि यसमा विभिन्न स्वाद र मूल्यका पानको सूची आउने गर्दछ । उक्त सूचीबाट कुनै पान छनौट गरी भुक्तानी गरेपछि उक्त मेसिनबाट स्वाद अनुसारको पान निस्कने गर्दछ । शरद मोरेले पानको एटीएम भविष्यमा मलहरू तथा अन्य क्षेत्रहरूमा पनि स्थापना गर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस