• बुधबार-बैशाख-१२-२०८१

यतातिर नेपाली सेना र यूएस आर्मीबीच सहकार्य अर्काेतिर एमसीसी बहस

 

काठमाडाैं ।  नेपाली सेना र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने प्रविधिबारेको विज्ञता आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।


अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर बहस चुलिरहेका बेला दुई देशका सैनिकबीच अनुभव आदान प्रदान भएको हो ।

 

यूएस एम्बेसी, काठमाडाैंले हालै अमेरिकी सेना प्यासिफिकको काउन्टर IED फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका सहकर्मीहरूसँग विष्फोटक पदार्थहरू निष्कृय पार्ने सम्बन्धी प्रकृया र उत्तम प्रविधिहरूका बारेमा विज्ञता आदान-प्रदान कार्यक्रम सम्पन्न गरिएकाे सचित्र सार्वजनिक गरेकाे छ । दूताबासका अनुसार, सो क्रममा दुई देशबीचको सुमधुर सम्बन्ध अझै सुधार गर्नेबारे पनि छलफल भएको थियो ।


अमेरिकी दूतावासले दुई देशका सैनिकबीच भएको अनुभव आदान प्रदान कार्यक्रमको तस्बिर पोस्ट गर्दै दशकौं पुरानो नेपाल–अमेरिका सैन्य सम्बन्ध समेत स्मरण गराएको छ ।

 

प्रतिकृया दिनुहोस