• शुक्रबार-चैत-१६-२०८०

अचारका शौखिन रुसी राजा निकोलस

सन् १८२५ देखि सन् १८५५ सम्म निकोलस–१ रुसका राजा थिए । उनको स्वभाव निकै सामान्य र शालिन थियो भनिन्छ । निकोलसलाई रक्सी, चुरोट, तम्बाखुलगायत कुनैपनि किसिमका खराब चिजको आदत थिएन । उनले भोजनमा धेरै गुलियो पनि रुचाउँदैनथे । तर, खानाको साथै अचार उनलाई निकै मन पर्दथ्यो ।

 

उनलाई अचार यतिसम्म मन पर्दथ्यो कि उनले नास्तामा चिया पाउरोटीका साथै काँक्रोको अचार पनि खाने गर्दथे । त्यतिमात्र नभई उनी रातको भोजनमा पनि काँक्राको अचार नियमित खाने गर्दथे । (एजेन्सी)
 

प्रतिकृया दिनुहोस