• मंगलबार-बैशाख-११-२०८१

कुमारी बैंकको १४ लाख भन्दा बढी कित्ताको सेयर आजबाट बिक्रीमा

 

काठमाडौ, १२ जेठ । कुमारी बैंकले आफ्नो संस्थापक सेयर शुक्रबारबाट बिक्रीमा राखेको छ। बैंकले १४ लाखभन्दा बढी कित्ताको सेयर बिक्रीमा राखेको हो । 

 

बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीलगातत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।


बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 


बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । 


यो लिलामी सेयरमा यही जेठ १९ गते अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ । 

 

 

 

प्रतिकृया दिनुहोस