• शुक्रबार-बैशाख-७-२०८१

मधुमेह कम गर्न खाऔं यी भोजन

 

लो ग्लाइसेमिक इन्डेक्स एउटा यस्तो मापन पद्धति हो जसबाट हामीले खाने भोजनमा हुने कार्बाेहाइड्रेट्स कति समयमा ग्लुकोजमा परिणत हुन्छ भन्ने थाहा हुन्छ । मधुमेहका विरामीले कम ग्लाइसेमिक इन्डेक्स हुने किसिमका भोजनहरु सेवन गर्नुपर्दछ । जानौं केही यस्ता भोजन जसमा ग्लाइसेमिक इन्डेक्स कम हुने गर्दछ र मधुमेहका विरामीका लागि उपयुक्त हुन्छ । 


ओट्स : ओट्समा बिटा ग्लुकेन र फाइबर प्रशस्त मात्रामा हुने गर्दछ, साथसाथै यसको ग्लाइसेमिक इन्डेक्स पनि कम हुने गर्दछ । त्यसैले मधुमेहका विरामीले ओट्स सेवन गर्दा यसले सुगरको मात्रालाई नियन्त्रित राख्न मद्दत गर्दछ । 


राजमा : ग्लाइसेमिक इन्डेक्स कम हुने पोषकतत्वमा राजमा पनि एक हो । त्यसैले मधुमेहबाट बच्न र मधुमेहका विरामीले पनि राजमा सेवन गर्नु फाइदाजनक हुन्छ । 


अण्डा : मधुमेहका विरामीले अण्डाको सेवन गर्न सक्छन्, किनकि अण्डामा ग्लाइसेमिक इन्डेक्स कम हुने गर्दछ । प्रोटिनले भरिपूर्ण अण्डाले सुगर लेभल नियन्त्रण गर्न पनि राम्रो भूमिका निर्वाह गर्दछ ।

 
मोही : मोही ग्लइसेमिक इन्डेक्स कम हुने मात्र नभई क्यालोरी ड्रिंक्स पनि हो । त्यसैले शरीरलाई स्वस्थ र सुगरको मात्रालाई सन्तुलित राख्नका लागि मोही सेवन गर्नु उपयुक्त मानिन्छ । 


ब्राउन राइस : मधुमेहको समस्यामा सेतो चामलको सट्टा खैरो चामलको सेवन फाइदाजनक मानिन्छ । यसमा पनि ग्लाइसेमिक इन्डेक्स कम हुने गर्दछ । 


साथसाथै, कम ग्लाइसेमिक इन्डेक्स हुने भोजनहरु दुध, चना, अंगुर, गाँजर, सुन्तला, स्ट्रबेरी र मुंगको दाल हुन् । मधुमेहको समस्यामा यी कम ग्लाइसेमिक इन्डेक्सयुक्त भोजन सेवन गर्नु लाभदायी हुन्छ । (ओन्लीमाईहेल्थ डटकमबाट)

प्रतिकृया दिनुहोस