• शनिबार-श्रावण-१२-२०८१

नेपाल पुनर्बिमा कम्पनीको १९ लाख ७९ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

 

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले मंगलबारदेखि  १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

 

यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा कात्र्तिक १० गतेसम्म आवेदन दिन मिल्नेछ ।

 

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस